6 years ago
June 7, 2019
काभ्रे (हाम्रो खेलकुद) – आयोजक बेथानचोक ‘ए’ र नमुना प्रगती युवा क्लब दोस्रो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
काभ्रे बेथानचोकमा शुक्रबार भएको प्रि–क्वाटरफाइनलमा बेथानचोक ‘ए’ ले चौरी देउरादी गाउपालिकालाई २८–२६ र २५–१८ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । अर्काे प्रि–क्वाटरमा नमुना प्रगति युवा क्लबले बेथानचोक ‘बी’ लाई २५–११ र २५–७ ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भयो ।
अन्यमा लड्केश्वर युवा क्लबले पनौताी नगरपालिका दलिचोकलाई २–१ ले, महांकाल गाउपालिकाले बागमती गाउपालिकालाई २–० को सेटमा हराउदै क्वाटरफाइनलमा पुग्न सफल भयो । यस्तै मन्डन देउपुर नगरपालिकाले खानीखोला ‘बी’ लाई २–०, खानीखोला ‘ए’ ले गौखुरेश्वरलाई २–१ को सेटमा हरायो ।
महाभारत गाँउपालिकाले हुचिटार युवा क्लबलाई २–० को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थन पक्का ग¥यो ।
प्रतियोगित जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता ढुंखर्क बोर्डिङ स्कुलको मैदानमा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]