6 years ago
June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मनमैजु उसु क्वानले दोश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण, ४ रजत र ७ कांस्य जित्यो ।
नेपाल उसु महासंघको संयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र २ कांस्यसाथ शिअ उसु क्वान दोश्रो भयो । तेश्रो स्थानको बुद्ध प्रकाश उसु क्वानले ६ स्वर्ण, १२ रजत र ६ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते ।
थाउलोको पुरुषमा मनमैजुका अमरबहादुर पुलामी र महिलामा शिअकी सम्झना चौधरी उत्कृष्ट खेलाडी चुनिए । सान्सौंको पुरुषमा डोल्पा उसु क्वानका रोहित चौधरी र महिलामा मनमैजुकी नविना विक उत्कृष्ट खेलाडी बने । उत्कृष्ट चारैले ५ हजारका दरले नगद पुरस्कार पाए ।
विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, उसु महासंघका अध्यक्ष समेत रहेका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका कोषाध्यक्ष शैलेश कर्माचार्य, नेपाल ओलम्पिक कमिटीका सह–महासचिव राजीव श्रेष्ठ, उसु महासंघका महासचिव लाक्पा लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ३२ टिमका २ सय ८७ खेलाडीले विभिन्न ३५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]