default_image

5 years ago

June 7, 2019

पिस प्वाइन्ट र प्राक्सिस उपाधिनजिक

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पिस प्वाइन्ट र प्राक्सिस प्रथम केभीएस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

काठमाडौं विनायक शिक्षालय (केभीएस) द्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा पिस प्वाइन्टले पायोनियरलाई ३–१ गोलले पराजित ग¥यो । पिस प्वाइन्टका ओमप्रकाश ठाकुरले २ तथा नेल्सन तामाङले १ गोल गरे ।

सानो गौचरणमा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा प्राक्सिसले शुभयुगलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित ६० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुट आउटबाट गरिएको थियो ।

फाइनल शनिबार हुनेछ । विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार पाउने छन् । सेमिफाइनलमा पराजित हुने दुवै टोलीलाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

September 21, 2024

मधेश युनाइटेडकाे ट्यालेन्ट हन्टबाट छानिइन् मीना

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले ट्यालेन्ट हन्टबाट मीना चौधरीलाई छनोट गरेको छ । शुक्रबार वीरगंजको ज्ञानदा एकेडेमीमा भएको ट्यालेन्ट हन्ट कार्यक्रमबाट मधेश टिमका मुख्य प्रशिक्षक भरत यादव र टिम व्यवस्थापकहरुको टोलीले मीनालाई छनोट गरेको हो । एक दिन ट्यालेन्ट हन्ट कार्यक्रममा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नखेलेका प्रतिभावाना खेलाडीहरु उपस्थित […]

September 21, 2024

काठमाडौं म्याराथान असोज १२ मा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं म्याराथनको १६औं संस्करण अर्काे साता भएको छ । आयाेजकले शनिबार राजधानीमा पत्रकार सम्मेलनमार्फत १६औं संस्करणकाे काठमाडौं म्याराथन १२ असोज (२०२४ सेप्टेम्बर २८) मा हुने जानकारी गराएकाे छ । काठमाडौं म्याराथनको सुरुआत सन् २००७ मा भएको थियाे । विशेष र वृहत हुने यसपालीकाे दाैडमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार […]

September 21, 2024

काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्टबाट रितिका छनाेट

काठमाडौं (हाम्रो खेलकुद) – वात्सल्य एभरेष्ट महिला लिग (एभिएल) काे टोली काठमाडौं स्पाइकर्सले ट्यालेन्ट हन्टबाट रितिका भट्ट छनोट भएकी छिन्। दशरथ रंगशालामा शनिबार काठमाडौंका महिला खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको ट्यालेन्ट हन्ट इभेन्टबाट ६.१ फिटकी रितिका भट्ट उत्कृष्ट खेलाडी र बिजेताको रूपमा छनोट हुन सफल भएकाे काठमाडौं स्पाइकर्सले जनाएकाे छ। अब उनले काठमाडौं स्पाइकर्सकाे टोलीमा समावेश हुँदै […]

Success

Thank you for your time.