default_image

9 years ago

May 16, 2016

मञ्च पदाधिकारीलाई राखेपको बधाई

115 views

0 Bookmark

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सोमबार एक कार्यक्रमको आयोजना गर्दै बधाइ तथा शुभकामना दिएको छ ।

राखेप सदस्य सचिव केशवकुमार विष्टका साथ मञ्चका पदाधिकारी एवंम् सदस्य ।

राखेप सदस्य सचिव केशवकुमार विष्टका साथ मञ्चका पदाधिकारी एवंम् सदस्य ।

राखेप सदस्य–सचिव केशवकुमार विष्ट, तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती, प्रेस सल्लाहकार रोहित दाहालले पदाधिकारी एवंम सदस्इलाई खादा, माला र मायाको चिनो प्रदान गरी नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ दिनुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।
सदस्य–सचिव विष्टले सत्यतथ्यमा आधारित आलोचना कमीकमजोरीलाई सुधार गर्ने अवसर भएको बताउदै खेलकुदको विकासमा खेल पत्रकार र सरोकार निकाय संगसंगै अगाडि बढ्न सकिन धारणा व्यक्त गरे । आलोचनाले जिम्मेवारी व्यक्तिलाई सचेत बनाउन मद्दत पुग्ने उल्लेख गर्दै भने, तर मानसिवय स्वभाव होला, नराम्रो काममा आलोचना भए जस्तै राम्रो काम गर्दा त्यसको पनि चर्चा होस् भन्ने चाहदो रहेछ ।
मञ्चका नवनिर्वाचित अध्यक्ष महेश आचार्यले खेल पत्रकारहरुले सत्यतथ्यमा आधारित रहेर आफ्नो कर्तब्य निर्वाह गरेको बताउदै खेलकुदका निकायले खेल पत्रकारलाई गर्ने सहयोग व्यक्तिगत नभइ संस्थागत हुनु पर्नेमा जोड दिए ।
मञ्चका महासचिव प्रकाश तिमल्सिनाले विगतका नेतृत्वले कोरिदिएको बाटोलाई अझ फराकिलो बनाउनु वर्तमान कार्यसमितिको चुनौती भएको बताए ।
गत बैशाख २५ गते राजधानीमा सम्पन्न मञ्चको १२ औं साधारणसभाले १२ सदस्यीय केन्द्रीय कार्यसमितिको चयन गरेको थियो । दुई उपाध्यक्ष बाहेक सबै निर्विरोध निर्वाचित भएका थिए ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.