6 years ago
June 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विदेशी खेलाडी एलाना मे लिमको उच्च प्रदर्शन मद्दतमा आइएसओ काइटले राजधानीमा जारी वुमेन्स नेपाल बास्केटबल लिगमा पहिलो जित हात पारेको छ ।
चारखालमा भएको खेलमा आइएसओले साइपाल एकेडेमीमाथि ७२–६३ को जित निकालेको हो । पहिलो क्वाटरमा २३–१२ को अग्रता बनाएको आइएसओले दोस्रो क्वाटरमा १५–११ को अग्रता बनायो । तेस्रो र चौथो क्वाटरमा १३–१७ र २१–२३ ले पछि परेपनि अघिल्लो दुई क्वाटरमा बनाएको अग्रता आइएसओ जिमा पर्याप्त बन्यो ।
आइएसओको जितमा एलाना मे लिमले २७ अंकको योगदानसहित २४ रिवाउन्ड, २ असिस्ट र १ ब्लक गरे । उनी नै खेलको वुमन्स अफ दि म्याच हुदै ३ हजार रुपैया पाए ।
प्रतियोगितामा बुधबार आइएसओ र साइपाल बीच नै खेल हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।