default_image

6 years ago

June 4, 2019

समृद्धि गोरिल्लाजको लगातार चौथो जित

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदारको रुपमा रहेको समृद्धि गोरिल्लाजले राजधानीमा जारी वुमेन्स नेपाल बास्केटबल लिगमा लगातार चौथो जित जित निकालेको छ ।

टाइम्स इन्टरनेनल कलेज चारखालमा मंगलबार बिहान भएको खेलमा समृद्धि गोरिल्लाजले विभागीय नेपाल पुलिस क्लबलाई ३९–३५ ले पराजित गर्दै लिगमा अपराजित यात्रा कायम गर्न सफल भएको हो । पुलिसको यो दोस्रो हार हो । यसअघि पुलिस समृद्धिसँग नै पराजित भएको थियो ।

निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो क्वाटरमा समृद्धिले ९–५ को अग्रता बनाएको थियो । दोस्रो क्वाटरमा ८–९ ले पछि परेको समृद्धिले तेस्रो क्वाटरमा पुन १३–९ को अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । चौथो क्वाटरमा ९–१२ ले पछि परेपनि अघिल्लो क्वाटरमा लिएको अग्रता समृद्धिको जितमा पर्याप्त बन्यो ।

समृद्धिको जितमा राष्ट्रिय टोलीकी समेत कप्तान रहेकी सदिना श्रेष्ठले ११ अंकको योगदान दिइन् । उनले १० रिवाउन्ड, ३ असिस्ट र एक ब्लकसमेत गरे ।

लिगमा दुई खेल बाँकी रहँदा समृद्धि ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा छ । समान खेलबाटै पुलिस ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । आइएसओ काइट तेस्रो तथा साइपाल चौथो स्थानमा छ ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.