default_image

6 years ago

June 4, 2019

जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाइनलमा

125 views

0 Bookmark

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार राति भएको खेलमा जोकोभिचले जर्मनीका जान लेननार्ड स्ट्रफलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् ।

शीर्ष वरीयताका जोकोभिचले लेननार्डमाथि ६–३, ६–२ र ६–२ को सहज जित निकाल्दा १ घण्टा ३३ मिनेट समय खर्चिए ।

जोकोभिच एक समय चौथो ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यमा छ । जोकोभिचले विम्वलडन, युएस ओपन र अष्ट्रेलियन ओपन टेनिको उपाधि जितेका थिए ।

अब जोकोभिचले क्वाटरफाइनलमा एलेक्ससन्डरसँग खेल्नेछ । एलेक्ससन्डले फावियो फोग्नीलाई ३–१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।

जापानी केइ निसिकोरीले फ्रान्सका विनोट पेइरलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्दै दोस्रो वरीयताका स्पेनिस राफयल नाडालसँगको भेट पक्का गरे ।
प्रतिस्पर्धात्मक खेलमा निसिकोरीले विनोटलाई ६–२, ६–७, ६–२, ६–७ र ७–५ को कठिन सेटमा हराए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.