6 years ago
June 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका सहायक प्रशिक्षकको रुपमा रहेकी रोशनी राई ओलम्पिक सोलिडारिटी अन्तरगतको लेभल वान कोचेज कोर्षमा सर्वाेत्कृष्ट बनेकी छन् ।
नेपाल ओलम्पिक कमिटिको सहकार्य, नेदरल्याण्ड भलिबल संघको संयोजन र नेपाल भलिबल संघको आयोजनामा ५ दिनसम्म संचालन भएको कोर्समा ४० जना प्रशिक्षार्थीलाई पछि पार्दै रोशनी सर्वाेत्कृष्ट बनेको हो । उनले सैद्धान्तिक र प्रयोगात्मक समग्रमा उच्च अंक ल्याएको हो ।
यस्तै पोखराकी मन्जु गुरुङ महिलातर्फको सैद्धान्तिकका १० अंक ल्याएर पहिलो भइन् । पुरुषतर्फ पुलिसका प्रशिक्षक सरोज श्रेष्ठ १० अंकसहित पहिलो भए । पोखराका गणेश घमाल कोचेज कोर्षको उच्कृष्ट प्रशिक्षक भए ।
कोचेज कोर्समा भलिबल खेल्दै गरेका खेलाडी देखि विद्यालयका प्रिन्सिपल सम्मले सहभागिता जनाएका छन् । आर्मीको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा संचालन भएको कोर्समा कतार र फिलिपिन्सका २ जना बिदेशी प्रशिक्षकले पनि सहभागिता जनाएका थिए ।
कोर्समा सहभागीलाई अफआईभिबिका प्रशिक्षक लेस्ली डि जोङले प्रशिक्षण दिएका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]