default_image

6 years ago

May 31, 2019

महिला बास्केटबल लिगमा चार टोली

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्ले फर डिप्राइभ्स चिल्ड्रेन (पीडिसिएन) ले पहिलोपटक आयोजना गर्न लागेको महिला बास्केटबल लिग (डब्लुएनबीएल) लिगमा चार टोलीको सहभागिता रहने भएको छ ।

आयोजक पीडिसिएनले शनिबारदेखि शुरु हुने प्रतियोगितामा चार टोलीको सहभागिा रहेको जानकारी गराएको हो । आयोजकले यसअघि ५ टोलीबीच प्रतिस्पर्धा हुने जानकारी गराएपनि शुक्रबार चार टोलीको मात्रै सहभागित जनाएको पीडिसिएनका अध्यक्ष अरुण कार्कीले जानकारी गराए ।

लिगमा चार टिमले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । महिला लिगमा विभागीय टोली नेपाल पुलिस, समृद्धि गोरिल्लाज, साइपाल एकेडेमी र आइएसओ काइट्सले प्रतिस्पर्धा गर्नेछन् । लिगपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्ने छन् ।

सहभागी टिमले १४ खेलाडी राख्न पाउनेछन् । जसमा एक टिमले ४ विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएपनि एक खेलमा २ विदेशी खेलाडी एकै पटक खेलाउन पाउनेछन् ।

पीडिसिएनकै आयोजनामा गत बैशाख १४ गतेदेखि पुरुषको लिग सञ्चालन भइरहेको छ । लिग चरणको मात्रै खेल बाँकी छ । अध्यक्ष कार्कीले पुरुषहरुको लिग राम्रो भइरहेका कारण महिला लिग आयोजना गर्न लागेको हो र महिला लिग पनि राम्रो र सफल हुने अपेक्षा गरे ।

राष्ट्रिय टिम तथा गोरिल्जासकी कप्तान सदिना श्रेष्ठले यस्तो लिगले महिला बास्केटबलमा धेरै सहयोग पुग्ने बताइन् । सदिनाले डेढ वर्षपछि राष्ट्रिय खेलाडीले केही समयअघि आठौं राष्ट्रिय खेलकुदमा खेलेको अनुभव सुनाउँदै राष्ट्रिय खेलाडीको लागि कुनै प्रतियोगिता नै नभएको बताइन् ।

क्लबहरुले आयोजना गर्ने प्रतियोगितामा राष्ट्रिय खेलाडीले खेल्न नपाउने नियममा कारण महिला खेलाडीले आफ्नो खेल कौशल देखाउन नपाएकोे अवस्थामा पीडीसिएनले सबैलाई खेल्ने बाटो खोलेको बताउदै धन्यवाद व्यक्त गर्दै सबै सहभागी टोलीलाई जितको शुभकामना दिइन् ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.