6 years ago
May 31, 2019
काठमाडौं १७ जेठ । थ्री स्टार एकेडेमी बुढानिलकण्ठ र सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) सामाखृुशी राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय÷कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बसपाकैस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार नयाँबसपार्कमा भएको खेलमा थ्री स्टार एकेडेमीले मणिमुकुन्द कलेज बुटवललाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम १६ को यात्रा तय ग¥यो । थ्री स्टारले पहिलो सेट गुमाएर त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भएको हो । पहिलो सेट २२–२५ ले गुमाएको थ्री स्टारको त्यसपछिको तीनै सेट २५–२०, २६–२४ र २५–१५ ले जित्न सफल भयो ।
यता, मनमैजुस्थित एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा शुक्रबार भएको खेलमा सेवले आरुणी कलेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । एकपक्षीय खेलमा सेवले आरुणीमाथि २५–१६, २५–१३ र २५–७ को सहज जित निकाल्यो ।
शुक्रबारकै अर्काे खेलमा उपाधिको दावेदारको रुपमा हेरिएको न्युटन हाई स्कुलले सेक्रेट हार्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भयो । एकोहोरे खेलमा न्युटनले सेक्रेटमाथि २५–५, २५–१२ र २५–५ को सहज जित निकाल्यो ।
यस्तै एन्जल्र्स हर्ट कलेजको दुवै टोलीले अन्तिम १६ मा स्थान बनाउन सफल भयो । एन्जल्र्स हर्ट एकेडेमीले नवोदित कलेजमाथि ३–१ को जित निकाल्यो ।
एन्जल्र्सले पहिलो सेट २१–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट एन्ज्ल्र्सले प्रतिस्पर्धात्मक रुपमा आफ्नो बनाएको थियो । प्रतिस्पर्धात्मक दोस्रो र तेस्रो सेट एन्जल्र्सले २६–२४ र २६–२४ ले आफ्नो पक्षमा पार्दा चौथो सेट २५–१५ ले सहजै आफ्नो बनाएको थियो ।
अर्काे खेलमा एन्जल्र्स हर्ट कलेजले हिमरश्मी स्कुलमाथि २५–१३, २५–२३ र २५–१९ को सहज जित निकाल्दै अन्तिम १६ को यात्रा तय गर्न सफल भयो ।
सिद्धार्थ एकेडेमीले मुकुलादेवी माविलाई २५–१४, २५–१८ र २५–१८ ले हरायो । पिताम्वर कलेजले डडेलधुरालाई २५–६, २५–२२ र २५–१२ ले पाखा लगायो । लिटिल बुद्ध एकेडेमीले युनाइटेड गोर्खा धरानलाई २५–१६, २५–१८ र २५–१२ ले पराजित गर्दै अर्काे चरण पुग्न सफल भयो ।
स्प्रिङडेलले अनलज्योति माविलाई २५–१६, २५–६ र २५–१३ ले पराजित ग¥यो । लाली गुराँस एकेडेमीले कल्याणी माविलाई २५–१५, २५–१६ र २५–१५ ले हरायो ।
पोल ‘ए’ बाट ग्ल्यासियर र नेरिक स्कुल तथा पोल ‘बी’ बाट स्पाइल पोखरा र गीतान्जली कले्जले वाकओभर पाउदै अन्तिम १६ मा पुग्न सफल भयो ।
२१ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा देशैभरबाट ५३ विद्यालयहरुको सहभागिता रहेको छ । सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]