default_image

6 years ago

May 29, 2019

न्युटनको विजयी शुरुवात

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्युटन कलेजले राजधानीमा बुधबारबाट शुरु भएको प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको कोर्टमा बुधबार भएको समूह ‘के’ को खेलमा न्युटनले मनासुलु स्कुललाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

एकपक्षीय खेलमा न्युटनले मानसुलुमाथि २५–४ र २५–११ को सहज जित निकाल्यो । बुधबारै भएको अर्काे खेलमा आयोजक एन्जल्र्सको दुवै टोलीले सफलता हात पारे । समूह ‘डी’ मा एन्जल्र्स हर्टले रेन्वो इन्टरनेशनल कलेजलाई २५–२३ र २५–२० ले पराजित गर्दा समूह ‘जी’ मा रहेको एन्जल्र्स हार्ट कलेजले मुकुलादेवी माध्यमिक विद्यालयलाई २५–८ र २५–१६ ले सहजै पाखा लगायो ।

समूह ‘एच’ मा पोखराको स्पाइरल ग्यालेक्सीले बुटवलको मणि मुकुन्द माविलाई २५–२० र २५–२१ ले पाखा लगायो । समूह ‘सी’ मा आरुणी हाइ स्कुलले मानसिंह धर्मा माविलाई २५–११ र २५–९ ले पराजित ग¥यो । समूह ‘पी’ मा गीतान्जली कलेजले कल्याणी माविलाई २५–१५ र २५–२२ ले हरायो । समूह ‘ईं’ मा हिमश्मीले त्रि साहिद माविलाई २५–१८ र २५–१८ को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

२१ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा देशैभरबाट ५३ विद्यालयहरुको सहभागिता रहेको छ । सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ । प्रतियोगितामा ९ कक्षा देखि १२ कक्षासम्मका विद्यार्थीले तथा गतवर्ष १२ कक्षा पास भएका खेलाडीहरुले खेल्न पाउने प्रावधान राखिएको छ ।

प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ । एन्जल स्पोर्टस् एकेडेमीको मैदान र ढोरपाटन क्लबको मैदान नयाँ बसपार्कमा आयोजना हुने आयोजकले जानकारी गराएको छ । प्रतियोगितालाई ढोरपाटन स्पोर्टस् क्लबले व्यवस्थापन गरेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.