6 years ago
May 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो चन्द्रागिरी उपमेयर कप खुल्ला छात्रा भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
शुक्रबार बिहान विजेश्वरी ज्ञान मन्दिर र पारामाउन्ट इंग्लिस स्कुलले सेमिफाइनलको यात्रा तय गरेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको हो ।
शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनलमा विजेश्वरीले होङ्ग्वान्जी न्यु डायमन्डको ‘बी’ टिमलाई २५–१९ र २५–१० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा न्यु डायमन्डको ‘ए’ टिमसँगको भेट पक्का ग¥यो ।
अर्काे खेलमा पारामाउन्टले ज्ञमानसुधा एकेडेमीलाई २५–१० र २५–९ को सोझो सेटमा हरायो । पारामाउन्टले सेमिफाइनलमा उपाधिको दावेदार थ्री स्टार एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।
सेमिफाइनल खेल आजै हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]