9 years ago
May 13, 2016
लेबोरेटरी उमावि, कीर्तिपुरका आनन्द पाण्डे र नमुना मच्छिन्द्र मावि, लगनखेलकी शान्ता महतले २१ औं विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार स्वर्ण हात पारेका छन् । पूर्ण दृष्टिविहीनको सटपुट छात्रमा आनन्द र छात्रामा शान्ता पहिलो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको आंशिक दृष्टिविहीनको छात्र सटपुटमा नमुना मच्छिन्द्रका दीपक सिटौला, पूर्ण दृष्टिविहीनको लङजम्प छात्रमा पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका रविन जिमी र छात्रामा पञ्चोदय उमाविकी सविता चौधरी तथा आंशिक दृष्टिविहीनको लङजम्प छात्रमा अमरसिंह उमावि, पोखराका सूर्य गुरुङ र छात्रामा सोही उमाविकी सरिता घिमिरे पहिलो स्थानमा रहे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको बहिरातर्फ २ सय मिटर दौडको छात्रमा बहिरा बाल उमावि, भैरहवाका दयानारायण चौधरी र छात्रामा बहिरा बाल उमावि, वागलुङकी तीलदेवी गर्बुजा तथा १ सय मिटर व्ह्ीलचेयरको छात्रामा खगेन्द्र उमाविकी रजनी राई र छात्रामा खगेन्द्रकै रमेश खत्री पहिलो भए ।
विजेतालाई राखेपका कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक सुरेन्द्र हमाल, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरे र प्रशासकीय अधिकृत मीनकुमार शर्मा, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा बहिरा, नेपाल अन्धा कल्याण संघ र शारीरिक अपाङ्गमा जम्मा २ सय ७७ खेलाडीले ३९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]