9 years ago
May 13, 2016
नेपालले नवौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपालले ४० स्वर्ण, २६ रजत र १४ कांस्य जित्यो । दोश्रो भएको भारतले ३ स्वर्ण, ८ रजत र ४० कांस्य हात पा¥यो ।
नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगितामा नेपालका सुशान्त मोडक र कृषा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा उत्कृष्ट बनेका सुशान्तले ४ स्वर्ण र १ रजत जिते । महिलामा उत्कृष्ट हुन सफल कृषाले ५ स्वर्ण र १ रजत हात पारिन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष खुला तौलसमूह र टिम कुमुतेमा दिवस श्रेष्ठ, एकल काता र टिम कुमुतेमा निरजकुमार श्रेष्ठ, ५० केजीमा सुरज श्रेष्ठ, २० केजीमा क्रिस मानन्धर तथा ६७ केजीमा विनोद रोकाले नेपाललाई स्वर्ण दिलाए ।
महिलाको ५० केजीमा सीता तामाङ, ३५ केजीमा सुस्मिता तामाङ, ४० केजीमा सुजना तामाङ, २० केजीमा अनिशा बजगाईं तथा २५ केजीमा निशा श्रेष्ठले नेपालका लागि स्वर्ण जिते ।
विजेतालाई सांसद् मोहनबहादुर बस्नेत, आयोजक संघका अध्यक्ष विष्णुबहादुर कार्की र महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगितामा १ हजार ९८ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]