6 years ago
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन गोल्डेनगेट इन्टरनेसनल कलेजलाई साविकको उपविजेता त्रिभुवन आर्मी क्लबले पराजित गरेको छ ।
होम एण्ड अवे लिगको आधारमा राजधानीमा जारी क्वीक्स नेपाल बास्केटल लिगको १०औं चरणको खेलमा आर्मीले गोल्डेनगेट कलेजलाई ७५–६१ को को सहज जित निकालेको हो ।
पहिलो क्वाटरमा आर्मीले १९–१२ को अग्रता लिएको थियो । दोस्रो र तेस्रो क्वाटरमा आर्मी १९–२६ र १२–१४ ले पछि परेपनि अन्तिम क्वाटरमा आर्मीले २५–९ को अग्रता बनाएपछि आर्मीले सहज जित निकालेको हो ।
आर्मीका आयु सिंह खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई म्यान अफ दि म्याचको अवार्ड र ३ हजार रुपैया राष्ट्रिय टोलीका फरवार्ड तथा सेनाका लेफ्टिनेन्ट जर्ज प्रिन्स कार्कीले प्रदान गरे ।
जितसँगै आर्मी १९ अंक जोडेर लिगको शीर्षस्थानमा उक्लिएको छ । आर्मीले एक खेल कम खेलेको टाइम्स इन्टरनेसनल कलेजलाई १ अंकले पछि पारेको हो । गोल्डेनगेट १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
आजै बिएमसी साउथ साइडर्स र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]