6 years ago
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता जेठ तेस्रो सातादेखि आयोजना हुने भएको छ ।
सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा हुने प्रतियोगिता १९ जेठबाट २४ जेठसम्म सञ्चालन हुँदैछ ।
प्रतियोगितामा तीन विभागीय टोलीसहित सातै प्रदेश गरी १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार समूहमका विभाजन गरिने छ ।
लिग कम नकआउटका आधारमा हुने खेलको हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छ । खेल तालिका केही दिनमै सार्वजनिक गरिने आयोजक सेनाले जनाएको छ ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैया हात पार्र्नेछ । दोस्रोले १ लाख ५० हजार रुपैया तथा तेस्रोले ७५ हजार रुपैया पाउनेछ ।
व्यक्तिगत विधाका उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षक प्रत्येकले १० हजार पाउने छन् । उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
विभागीय त्रिभुवन आर्मी क्लब यसअघिको तीनै संस्करणको च्याम्पियन हो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]