6 years ago
May 17, 2019
धनगढी (हाम्रो खेलकुद) – नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको तयारी पुरा भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भोलीदेखि हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो। प्रतियोगितामा ९ टिमको सहभागिता रहने र २ समुहमा विभाजन गरि लिग चरणका आधारमा खेल खेलाईने जिल्ला समन्वय शाखा कैलालीका अध्यक्ष सीताराम ओझाले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेल पश्चिम टुडे र एसटीएस टेलिभिजनविच हुनेछ । दोश्रो खेल दिनेश एफएम र धनगढी एफएम, तेश्रो खेल डेलीपाटी अनलाईन र डेलीमेल एफएम तथा चौथो खेल बाबा टिभी र सुदूर सन्देशविच हुने प्रतियोगिताको प्राविधिक पक्ष हेर्दै आएको फ्ल्याटल्याण्ड फुटसलले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद पुरस्कार पाउने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले जनाएको छ ।
प्रतियोगितालाई चौधरी गुप्रको सिजी ब्रुअरीको उत्पादन नेपाल आईसनले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला खेलकुद विकास समिती रहेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।