6 years ago
May 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) –चीनको नानिङ शहरमा आयोजना हुने टोटल बिडब्लुएफ सुदिरमान कप २०१९ मा सहभागिता जनाउन नेपाली ब्याडमिन्टन टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।
चार खेलाडी र दुई अफिसियलसहितको ६ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तजा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले बिदाई गरे ।
टोटल बिडब्लुएफ सुदिरमान कप २०१९ प्रतियोगिता (१९ मे देखि २६ मेसम्म) ५ जेठबाट १२ जेठसम्म सञ्चालन हुदैछ । नेपाली टोलीमा रत्नजित तामाङ, दिपेश धामी, नङ्सलदेवी तामाङर अमिता गिरी रहेका छन् । प्रशिक्षकमा उत्तम सिंम्खडा तथा अफिसियलमा अनुज बस्नेत रहेका छन् ।
नेपाली टोलीले मिक्स टिम च्याम्पियनसिप अन्तरगतको ५ विधामा प्रतिस्पर्धा गर्नेछ । जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल्स्, महिला डबल्स् र मिक्स डबल्स् रहेका छन् ।
एक राष्ट्रले पाँचै विधामा प्रतिस्पर्धा गर्नुपर्नेछ । पाँच मध्ये ३ विधामा खेलमा जित हात पारे टोली च्याम्पियन बन्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी गराए ।
टिमलाई बिदाई गर्दै ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पछिल्लो समय ब्याडमिन्टन खेल लोकप्रिय हुदै गएको जितका लागि शुभकामना व्यक्त गरे । यस्ता खालका प्रतियोगिताले नेपालमै आउदो मङ्सिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई फाइदा पुग्ने बताए ।
बिदाई कार्यक्रममा नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, महासचिव विरेन्द्र श्रेष्ठ तथा उप महासचिव लव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]