default_image

6 years ago

May 16, 2019

आर्मी शीर्ष स्थानमा उक्लियो, टाइम्स र गोल्डेनगेटको खेल वर्षाले स्थगित

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविकको उपविजेता विभागीय त्रिभुवन आर्मी क्लब होम एण्ड अवे लिगको आधारमा राजधानीमा जारी क्वीक्स नेपाल बास्केटल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार भएको खेलमा आर्मीले बुढानिलकण्ठलाई ७९–६४ को अन्तरमा पराजित गरेपछि शीर्षस्थानमा उक्लिएको हो । आर्मीको ८ खेलबाट १५ अंक पुगेको छ । एक खेल कम खेलेको टाइम्स इन्टरनेसनल कलेज १४ अंकसहित दोस्रो स्थानमा छ ।

पहिलो क्वाटर १८–१८ को बराबरीमा सकिएको थियो । दोस्रो क्वाटरमा आर्मीले २४–८ को फराकिलो अग्रता लिन सफल भयो । तेस्रो क्वाटरमा आर्मी १७–२३ ले पछि परेपनि चौथो क्वाटरमा २०–१५ को जित निकाल्दै आर्मी विजयी हुन सफल भयो ।

आर्मीका आशिष बस्नेत खेलको म्यान अफ दि म्याच घोषित भए । उनले २३ स्कोर गर्नुका साथै १ असिस्ट र १ रिवाउन्ड लिएका थिए । उनले ३ हजार रुपैया पाए ।

बिहीबारै टाइम्स र गोल्डेनगेट कलेजबीचको खेल वर्षाका कारण रोकिन पुगेको थियो । खेलमा टाइम्सले अग्रता बनाएको थियो । अन्तिम क्वाटरको खेल चलिरहँदा टाइम्सले ७२–४४ को अग्रता लिएको थियो । रोकिएको खेल शुक्रबार हुनेछ ।

प्रतियोगितामा शुक्रबार एएनके कीर्तिपुर बास्केटबल टिम र बुढानिलकण्ठ तथा गोल्डेनगेट कलेज र दि रोयल बास्केटबल क्लबबीच खेल हुनेछ ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.