6 years ago
May 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको १७औं संस्करण आगमी २९ मार्चमा हुने भएको छ ।
हिमालय एक्सपिडिसन्सको आयोजनामा हुने म्याराथनमा नेपालसहित २९ देशका करिब २ सयभन्दा बढी धावकले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ ।
सगरमाथा आधार शिविजरबाट सुरु भई नाम्चेबजारमा समापन हुने म्याराथनमा ओलम्पिक स्तरको ४२.१९५ किलोमिटरको फुल म्याराथन, ६० किलोमिटरको एभरेष्ट एक्सट्रिम अल्ट्रा म्याराथन र २१ किलोमिटरको हाफ म्याराथन गरी तीन विधामा प्रतिस्पर्धा गराइने इभेन्ट म्यानेजर शिखर पाँडेले बिहीबार पत्रकार सम्मेलनमार्फ जानकारी गराए ।
म्याराथनमा २०० भन्दा बढी विदेशी धावक र १५० भन्दा बढी नेपाली धावक सहभागी हुने बताइएको छ । जसमा विदेशीतर्फै ९५ पुरुष र ५९ महिला धावक रहेका छन् । १५० भन्दा बढी नेपाली धावकहरूमा १२५ म्याराथनमा, १७ जना अल्ट्रा म्याराथनमा र १२ धावकले हाफ म्याराथनमा सहभागिता जनाउने छ ।
एभरेस्ट म्याराथनमा बेलायतका २२ वर्षीय क्रिस्टोफोर ज्याक्सन कान्छा खेलाडी हुन् । भेट्रान धावकमा क्यानडाका ६७ वर्षीय लियोनार्द डगलस स्टानमोर रहेका छन् ।
म्याराथनको विजेताले २ लाख प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै महिला स्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १ लाख, ७५ हजार र ५० हजार पाउनेछ ।
विदेशी स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, २५ हजार र ३५ हजार पाउनेछ । अल्ट्रा दौडको विजेताले १ लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार पाउनेछ । हाफ म्याराथनको विजेताले ५० हजार, दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]