9 years ago
May 11, 2016
नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघले ईश्वरमान सिंह खेलकुद पत्रकारिता पुरस्कार– २०७२ बाट अजय फुयाल र रामसूदन तिमल्सिनालाई नगदसहति सम्मान गरेको छ ।
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मंडलले फुयाल र तिमल्सिनालाई नगर पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए । संघका संस्थापक अध्यक्ष सिंहको स्मृतिमा स्थापित सो पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।
फुयाल नागरिक दैनिक र तिमल्सिना राजधानी दैनिकका खेलकुद पत्रकारितामा क्रियाशिल पत्रकार हुन् ।
त्यसैगरी नेपाल ओलम्पिक संग्राहालयको सहयोगमा स्थापना भएको अभिलेखकृत खेलकुद पत्रकारिता पुरस्कारबाट एभिन्युज टेलिभिजनकी खेलकुद पत्रकार सरिता श्रेष्ठ सम्मानित भइन् । श्रेष्ठलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र संग्राहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले पुरस्कार प्रदान गरे ।
नेपाल बुद्धिचाल संघको सहयोगमा स्थापना भएको उत्कृष्ट बुद्धिचाल पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ पुरस्कृत भए ।
त्यस्तै नेपाल रिङ रेस्लिङ संघले प्रायोजन गरेको उत्कृष्ट फोटो पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका फोटो पत्रकार रजेन्द्र केसी सम्मानीत भए । उनलाई नेपाल पत्रकार महासंघका सचिव धु्रव लम्साल तथा रिङ रेस्लिङ संघका अध्यक्ष सुनिता थापा र महासचिव सुवर्ण श्रेष्ठले पुरस्कृत गरे । सोही संघको सहयोगमा स्थापना भएको श्रव्य दृश्य खेलकुद पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका राजेश थापा मगरलाई प्रदान गरियो । फुयाल र तिमल्सिना बाहेकलाई जनही १० हजार नगदसहित सम्मान पत्र प्रदान गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री सत्यनारायण मन्डलले खेलकुदलाई मर्यादित बनाउने कार्यमा पत्रकारले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले आगामी बजेटमा खेलकुदलाई प्राथमिकतामा राख्नका लागि आफूले पहल गरिरहेको बताए ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुदको तयारीको विषमया नीति तथा कार्यक्रममा सम्बोधन भएकोमा खुसी व्यक्त गरे ।
नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघका महासचिव राधेश्याम दाहालले संघको गतिविधिको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव धु्रव लम्साल, संघका अध्यक्ष समज्ञ लाकौलले सम्बोधन गरेका थिए ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]