6 years ago
May 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र टाइम्स इन्टरनेसनल कलेज होम एण्ड अवे लिगको आधारमा राजधानीमा जारी क्वीक्स नेपाल बास्केटल लिगमा सहज जित निकालेका छन् ।
मंगलबार भएको खेलमा विभागीय नेपाल पुलिस क्लबले दि रोयल बास्केटबल क्लबलाई १०९–६८ को अन्तरमा पराजित गर्दै सहज जित निकालेको हो ।
पहिलो क्वाटरमा पुलिसले २४–१५ को अग्रता बनाएको थियो । दोस्रो क्वाटरमा २७–२० को अग्रता लिएको पुलिस तेस्रो क्वाटरमा २६–२८ ले पछि परेको थियो । तर, चौथो क्वाटरमा पुलिसले ३२–५ को आरादायी अग्रता लिएपछि सहज जित निकाल्न सफल भयो ।
सर्वाधिक २१ स्कोर गरेका पुलिसका साहनुर रहमान खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १ ब्लक, ४ असिस्ट र १४ रिवाउन्ड गरे ।
मंगलबारै भएको अर्काे खेलमा टाइम्स इन्टरनेसनल कलेजले बिएमसी साउथ साइडर्सलाई ७७–६५ को अन्तरमा हरायो ।
पहिलो क्वाटरमा २०–१८ को अग्रता बनाएको टाइम्स दोस्रो क्वाटरमा ७–२० ले पछि परेपनि तेस्रो र चौथो क्वाटरमा पुनरागमन गर्दै ३०–१७ र २०–१० को अग्रता बनाउदै जित निकाल्न सफल भयो । म्यान अफ दि म्याच बनेका टाइम्सका मविन्दै क्षेत्रीले २१ स्कोर गरे ।
टाइम्स ७ खेलबाट १४ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । आर्मी १३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पुलिस ९ अंकसहित तेस्रो र ९ अंक नै जोडेको गोल्डेनगेट चौथो स्थानमा रहेको छ ।
समान ८ अंक भएपनि बिएमसी साउथ साइडर्स र बुढानिलकण्ठ पाँचौ र छैटौ स्थानमा तथा समान ७ अंक जोडेको कीर्तिपुर र दि रोयल बास्केटल सातौ र आठौं स्थानमा रहेको छ । दि रोयलले ५ तथा कीर्तिपुरले ६ खेल खेलेको छ ।
लिगअन्तर्गत बुधबार कुनै खेल हुने छैन । बिहीबार आर्मी र बुढानिलकन्ठ तथा टाइम्स र गोल्डेनगेट कलेजबीच खेल हनेछ ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]