6 years ago
May 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भ्यालि पब्लिक स्कुल प्रथम माउण्टओलिभ कप अन्तर बिद्यालय छात्र भलिबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।
मंगलवार भएको फाईनल खेलमा लुभुको भ्यालिपब्लिकले आयोजक माउण्टओलिभलाई २३–२५, २५–१८, २५–२० र २५–२० को सेटमा हराउदै च्याम्पियन बन्यो ।
ललितपुरको सानागाँउस्थित आयोजक माउण्टओलिभको कार्टमा तेश्रो स्थानका लागि भएको खेलमा आयोजकको बीले लुभु माबिलाई २५–२०, २५–१८ र २५–२० को सेटमा हरायो ।
प्रतियोगिताको बिजेता टिमले १५ हजार,उपबिजेताले १० र तेश्रो हुनेले ५ हजार नगद प्राप्त गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]