6 years ago
May 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) –आउदो मङ्सिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट ६ सय २५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार बसेको १३औं सागको मुल आयोजक समितिको बैठकले मंसिर १५ देखि २४ गते सम्मका लागि तय भएको १३ औं सागमा नेपालका ६ सय २५ खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाले हाम्रो खेलकुदलाई जानकारी दिए ।
तिम्सिनाका अनुसार बैठकमा ८ एजेन्डामा छलफल भएको थियो । पहिलो एजेन्डामा लोगो र मस्कटको विषयमा छलफल भई टुंगो लागेको छ । दोस्रो एजेन्डामा सागमा सहभागी हुने राष्ट्रलाई परराष्ट्र मन्त्रालयबाट सम्बन्धित राजदुतावसाबाट निमन्त्रणा गरिने निर्णय भएको छ ।
१३औं सागमा सहभागी हुने खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राखिने बैठकले निर्णय गरेको छ । यस्तै १३औं सागका लागि आवश्यक खेल सामग्री व्यवस्थापन गर्न अर्थ मन्त्रालयमार्फत मित्र राष्ट्रमार्फत आह्वान गरिने बैठकले निर्णय गरेको छ ।
यस्तै बैठकले उपाध्यक्ष तिम्सिनाकै संयोजकत्वमा १३औं सागको बजेट बनाउने कार्यदल निर्माण गरिएको छ । जसमा सदस्यसचिव केशव कुमार विष्ट, महालेखा, खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयको सहसचिवलाई राखेर कार्यदल बनाइएको छ ।
१३औं सागको विभिन्न उपसमितिका लागि गंगा थापाको संयोजकत्वमा प्राविधिक उपसमिति बनाइएको छ । जसमा रिम रानाभाट, पार्थ सराथी सेन गुप्ता र निलेन्द्रराज श्रेष्ठ सदस्य छन् । यस्तै बैठकले १३औं साग सञ्चालनको कार्यविधि पारित गरि क्याविनेट पठाउने निर्णय गरेको छ ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]