default_image

6 years ago

May 8, 2019

नेपालय र कुमारी उपाधिका लागि खेल्ने

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कुमारी फुटसल र नेपालय एकेडेमी राजधानीमा जारी गणेशमान सिंह कप राष्ट्रिय फुटसल प्रतियोगिताको छात्रातर्फ फाइनलमा भिड्ने भएका छन् ।

मण्डिखाटारस्थित ग्रासरुट फुटसल एकेडेमीमा शुक्रबार बाट सुरु भएको खेलमा छात्रातर्फ नेपालय स्कुल र कुमारी फुटसलले सेमिफाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

छात्रतर्फ त्रिज्योती मावि कपन, आयोजक काठमाडौं खेलकुद समाज, इन्साइड भिजन स्कुल, ढुकु फुटसल एकेडेमी, शारदा एकेडेमी, इक्सेल्सर एकेडेमी, ब्राइट फ्युचर स्कुल र सामाखुसी फुटसल क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए ।

प्रतियोगिताको फाइनल खेलहरु आगामी शुक्रबार हुने आयोजकले बताएको छ । शुक्रबार नै विजयी हुने टिम तथा खेलाडीहरुलाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कृत गर्ने कार्यक्रम तय भएको समाजका अध्यक्ष बद्रि भट्टराईले जानकारी गराए ।

प्रतियोगितामा छात्रातर्फ ९ टोलीको सहभागिता र छात्रमा ३९ टोलीको सहभागिता रहेको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.