9 years ago
May 9, 2016
धावक रामसुन्दर कार्की ललितपुरको जावलाखेलदेखि लुम्बिनीसम्म दौड्ने भएका छन् । यसअघि पााच पटक उपत्यकादेखि लुम्बिनीसम्म दौडिसकेका कार्कीले छैटौं पटकको दौड जेठ ५ गतेदेखि प्रारम्भ गर्ने भएका छन् ।
कार्की बुद्धजयन्तीका दिन जेठ ८ गते बिहान लुम्बिनी पुग्ने बताइएको छ । त्यसदिन कार्की लुम्बिनीमा बुद्धजयन्तीका अवसरमा हुने र्यालीमा पनि सहभागी हुने छन् ।
दौडका दौरान कार्कीलाई नारायण आचार्य, राज प्रधान र डेविड जे.इन्घामले सहयोग गर्ने भएका छन् । भूकम्पले क्षति पुगेको नक्सालस्थित नेपाल बाल संगठनको भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले दौडिन लागेको कार्कीले बताए ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]