6 years ago
May 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक कविरज नेगी लामा सम्मानित भएका छन् ।
काठमाडौं खेलकुद समाजले पारा तेक्वान्दो प्रशिक्षक लामाले फरक क्षमता भएका खेलाडीहरुलाई प्रशिक्षण गराई अन्तर्राष्ट्रिय एरिनामा पहिलोपटक नेपाललाई पदक दिलाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मानित गरेको हो ।
उनको प्रशिक्षणमा कोरियामा भएको तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्यपदक र टर्कीमा आठौं विश्व पारा तेक्वान्दोमा पनि कास्यपदक जित्न सफल भएको थियो ।
काठमाडौं खेलकुद समाजको आयोजनामा आजबाट नै गणेशमान सिंह कप एसइइ फुटसल प्रतियोगिता शुरु भएको छ ।
बुढानिलकण्ठ मण्डिखाटारस्थित ग्रासरुट फुटसल सेन्टरमा भइरहेको प्रतियोगितामा उपत्यका भित्रका ४० सहित ४९ टिमको सहभागिता रहेको छ ।
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]