default_image

6 years ago

May 2, 2019

दोस्रो आन फुटसलमा ३२ टोली

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल विज्ञापन संघ (आन) को आयोजनामा दोस्रो संस्करणको नेपाल आईस आन फुटसल प्रतियोगिता हुने भएको छ ।

आयोजक आनले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विज्ञापन एजेन्सी, मिडिया हाउस र कर्पाेरेट हाउसहरुबीचको फुटसल प्रतियोगिता बैशाख २३ देखि २८ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितामा ३२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । सहभागी टिमलाई आठ समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा कान्तिपुर ग्रुप, जनता टिभी, न्युज २४, एबीसी टीभी, सगरमाथा टीभी, नेपाल टेलिभिजन, शिलापत्रडटकमले सहभागिता जनाएका छन् ।

यस्तै नयाँ पत्रिका, गोरखापत्र, मार्स, वेलकम, भोग इमेन्ट, अभानि, प्रिज्मार्क, मिडिया बास्केट, एडि रिलिज, मिडिया हब रहेका छन् । त्यस्तै, आउट रिच नेपाल, कि एडर्भटाईजिङ, म्यास मिडिया, मार्स प्रालि, सुश्री मिडिया र फ्युचर हबको सहभागिता रहेको छ ।

सर्वाेत्तम सिमेन्ट, क्युएफएक्स सिनेमा, माछापुच्छ्रे बैक, मुक्तिनाथ बिकास बैंक, नेपाल मेडिसिटी अस्पताल, हिच हाइकर ट्राभल्स, पिक्सन इन्जिनियरिङ, सफ्ट नेप र वराह ज्वेलर्सको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहका विभाजन गरिएको छ ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताबाट हरेक समूहबाट शीर्ष दुई टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ७५ हजार प्रप्तान गर्ने आयोजक संस्थाका अध्यक्ष रविन्द्र कुमार रिजालले पत्रकार सम्मेलनमा जानकारी गराए ।

समूह विभाजन
समूह ‘ए’– हिच हाइकर ट्राभल्स, सगरमाथ टेलिभिजन, सर्वाेत्तम सिमेन्ट र सफ्ट नेप
समूह ‘बी’ – वराह ज्वेलर्स, म्याक्स मिडिया, आउट रिच नेपाल र भोग इमेन्ट
समूह ‘सी’– एबीसी, गोरखापत्र, जतनता टीभी र शिलापत्रडटकम
समूह ‘डी’ – अभानी, मेडिसिटी अस्पताल, मुक्तिनाथ किास बैंक र वेलकम एड्भर टाइजिङ
समूह ‘ई’ – विजनेस, माछापुच्छ्रे, नेपाल टेलिभिजन र न्युज २४
समूह ‘एफ’ – फ्युचर हव, मिडिया बास्केट, पिक्सन इन्जिनियरिङ र सुश्री मिडिया
समूह ‘जी’ – कान्तिपुर, नयाँ पत्रिका, प्रिज्मार्क र टिम क्वेस्ट
समूह ‘एच’ – एड रिलिज, कि एडभरटाइजिङ, मार्स र मिडिया हव

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.