default_image

6 years ago

April 26, 2019

लक्ष्मीले जितिन् साईक्लिङ उपाधि

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली साईक्लिङ खेलाडी लक्ष्मी मगरले भारतको उत्तराखण्डमा भएको उत्तराखण्ड हिमालय एमटिबी च्यालेन्जको महिला विधामा पहिलो स्थान हात पार्न सफल भएकी छिन् ।

अप्रिल १८ देखि २५ तारिख सम्म भएको ६५९ किलोमिटर साईक्लिङ्ख दौड मगरले २४ घन्टा, ३२ मिनट १२.६५५ सेकेन्डमा पुरा गर्दै उपाधि जितेकी हुन् ।

दोश्रो स्थानमा रहेकी ईन्डोनेसियाकी नोभियानले २४ घन्टा, ३३ मिनट १३.५६४ सेकेन्डको समय निकालिन् । थाईल्याण्डकी सुरत्तिया बुपाहाले २४ घन्टा ३४ मिनट २४.५५० सेकेन्डमा पुरा गर्दै तेश्रो स्थान प्राप्त गरे ।

सात राष्ट्रका १२ खेलाडीहरुको सहभागित रहेको प्रतिस्पर्धामा नेपाली अर्की खेलाडी उषा खनालले पनि प्रतिस्पर्धा गरेकी थिईन् । खनालले आठौं स्थानमा रहँदै दूरी पुरा गरेकी थिईन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.