6 years ago
April 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पिडिसिएन) ले पुरुष नेपाल बास्केटबल लिगसँगै महिला नेपाल बास्केट लिग आयोजना गर्ने घोषणा गरेको छ ।
काठमाडौंमा आज एक पत्रकार सम्मेलन गर्दै आयोजक पिडिसिएन (प्ले फर डिप्राइभ्ड चिल्ड्रेन) ले प्रतियोगिता बारे जानकारी दिएको छ । वुमन्स नेपाल बास्केटबल लिग जेठ १५ देखी असार ७ गते सम्म हुने भएको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लव,नेपाल पुलिस क्लव,नेपाल एपीएफ क्लव,समृद्धी गोरिल्लाज र आईएसओ गरि ५ टोलीको सहभागिता रहने छ । लिगमा कुल २४ खेल हुने छन् ।
नेपाल बास्केटबल लिग (एनविएल) र वुमेन्स नेपाल बास्केटबल लिग विभिन्न पाँच चरणमा हुनेछ ।
पहिलो चरण (२७ अप्रिल–२८ मे) मा पुरुषको लिग चरणका खेलहरु हुनेछ । दोस्रो (चरण २९ मे–७ जुन) मा महिलाका लिगका खेलहरु हुनेछ । तेस्रो चरण ८ जुनमा अल स्टार र सेलिब्रेटीबीचको खेल हुनेछ । चौथो चरण (१२ जुन–१७ जुन) मा महिला र पुरुषका प्ले अफका खेलहरु हुनेछ । पाचौ चरण २२ जुनमा महिला र पुरुषका फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
त्यस्तै नेपाल बास्केटबल लिग पुरुष आठौं राष्ट्रिय खेलकुदका कारण एक हप्तापछि सरेको छ । नयाँ तालिका अनुसार वैशाख १४ देखी असार ७ गते सम्म हुने छ ।
नेपालकै सर्वाधिक ठूला र सबैभन्दा लामो नेपाल बास्केटबल लिग पुरुष ५५ दिन सम्म चल्ने छ । पुरुष बास्केटबलमा ८ टोलीको सहभागिता रहने छ ।
सहभागि टोलीले ले डबल राउण्ड रोविन होम अवे मैदानमा प्रतिस्पर्धा गर्ने छन् । डबल राउण्ड रोविनपछि लिगका शीर्ष चार टोली प्ले अफमा पुग्ने छन् ।
प्रतियोगिताको महिला र पुरुष दुबै टोलीको विजेताले रु २ लाख र उप विजेताले १ लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा मुख्य प्रायोजकमा चौधरी ग्रुपको क्विन्स रहेको छ ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]