9 years ago
May 7, 2016
नेपाल खेलकुद पत्रकार मञ्चलो आज १२औं साधारण सभामाझ नयाँ कार्यसमितिको निर्वाचन गरेको छ|
१२ सदस्यीय कार्यसमितिको गठनका लागि उपाध्यक्ष पदमा निर्वाचन गर्नुपरेको थियो भने बाँकि सबै पदमा निर्विरोध उम्मेदवारी परेको थियो|
महेश आचार्य अध्यक्षमा निर्विरोध निर्वाचित भए भने दुर्गानाथ (देवेन्द्र) सुवेदि प्रथम उपाध्यक्षमा निर्विरोध रहे| ६७ मत खसेको मध्य क्रमश: ४२ र ४० मत हसिल गर्दै सञ्जिव शिल्पकार र श्रीलोचन राजोपाध्याय उपाध्यक्षमा निर्वचित भए|
यसैगरी महासचिवमा प्रकाश तिमल्सिना, सचिवमा राजु घिसिङ र कोषाध्यक्षमा प्रज्वल वली निर्वाचित भए| सदस्यमा अादर्श ढकाल, कमल खत्री, अन्जन खड्का र गोविन्द रेग्मी निर्विरोध रहे| निवर्तमान अध्यक्ष अजय फुयाल पनि कार्यसमितिमा रहेका छन्|
नयाँ कार्यसमितिको घोषणा हुनुपुर्व पछिल्लो कार्यसमितिले आफ्नो कार्य विवरण र आर्थिक प्रतिवेदन पारित गरेको थियो|
कार्यक्रममा एन.एस.जे.एफ पत्रकारिता पुरस्कारले अग्रज पत्रकार गोपाल बस्नेतलाई प्रदान गरिएको थियो|
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]