6 years ago
April 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चीनको वुहानमा जारी ब्याडमिन्टन एसिया च्याम्पियनसिप–२०१९ मा नेपालको चुनौती समाप्त भएको छ ।
बुधबार शीर्ष वरीयताका रत्नजित तामाङ पुरुष एकलको दोस्रो चरणमा तथा पुरुष डबल्स्मा रत्नजित तामाङ र दिपेश धामी जोडी पराजित भएसँगै नेपालको चुनौती समाप्त भएको हो ।
पुरुष एकलमा रत्नजित दोस्रो चरणमा हङकङका वङ विङकि भिन्सेन्टसँग २–० को सोझो सेटमा पराजित हुन पुग्यो । हङकङका खेलाडीसामु रत्नजित २४ मिनेट मात्रै कोर्टमा टिक्न सक्दा २१–९ र २१–१३ ले पराजित भयो ।
गतवर्ष यही प्रतियोगितामा यही खेलाडीसँग रत्नजित २–१ को सेटमा पराजित भएको थियो । पछिल्लो समय रत्नजितको खेल खस्किएको अनुमान गरिएको छ ।
आठौं अन्तरगत दाङमा भएको ४०औं राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा पुगेपनि रत्नले सोचेजस्तो प्रदर्शन गर्न सकेको थिएन । आठौंमा रत्नजित पुरुष टिम इभेन्ट्समा प्रिन्स दाहाल र पुरुष एकलको फाइनलमा दिपेशसँग पराजित भएका थिए ।
पुरुष डबल्स्मा रत्नजित र दिपेशको जोडी चीनका हान चेङकाई र झोउ होओडोङको जोडीसँग २१–५ र २१–११ ले पराजित हुन पुग्यो ।
यस प्रतियोगितामा नेपालबाट रत्नजित र दिपेशले वाइल्डकार्डबाट प्रवेश पाएका थिए ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]