6 years ago
April 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिपको ब्वाइज यु–१७ को चौथो चरणमा प्रवेश गरेका छन् ।
बैंककमा भएको तेस्रो चरणको खेलमा प्रिन्सले मलेसियाका स्यामुइल लिलाई २–१ को सेटमा पराजित गर्दै चौथो चरणमा स्थान बनाएका हुन् । प्रिन्सले पहिलो सेट २१–१० ले सहजै जितेपनि दोस्रो सेट १७–२१ ले गुमाएको थियो । तेस्रो सेट प्रिन्सले २१–११ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।
त्यसअघि प्रिन्सले पहिलो राउन्डमा जापानका तथा दोस्रो राउन्डमा थाइल्यान्डका खेलाडीलाई पराजित गर्दै तेस्रो चरणमा प्रवेश गर्न सफल भएका थिए । अब प्रिन्सले चौथो चरणमा थाइल्यान्डका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछ ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]