default_image

6 years ago

April 21, 2019

गोपी र सन्तोषीलाई स्वर्ण

124 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र प्रदेश ३ की सन्तोषी श्रेष्ठले आठौं अन्र्तगत ५००० मिटर दौडमा स्वर्ण जितेका छन् ।

गोपीचन्द्र पार्कीः फाइल तस्वीर

गोपीचन्द्र पुरुषमा तथा सन्तोषी श्रेष्ठले महिलामा स्वर्ण जित्न सफल भएकी हुन् । दाङ बेलझुन्डीस्थित नवनिर्मित ट्याकमा आइतबार बिहान भएको स्पर्धामा गोपीले स्वर्ण जित्ने क्रममा निर्धारित दुरी १४ मिनेट ४४ दशमलब २३ सेकेन्डमा पुरा गरे ।

प्रदेश ६ का दुर्गा बुढाले १४ मिनेट ४६ दशमलब ५४ सेकेन्डमा दुरी पार गर्दै रजत तथा गण्डकी प्रदेशका अनिष थापामगरले कास्य हात पारे । महिलातर्फ प्रदेश ३ की सन्तोषी श्रेष्ठले निर्धारित दुरी १६ मिनेट ३८ दशमलब ५३ सेकेन्डमा पार गर्दै पुरा स्वर्ण हात पारिन् ।

आर्मीकी विश्वरुपा बुढाले १६ मिनेट ४६ दशमलब ०३ सेकेन्डमा पुरा गर्दै रजत जित्दा एपीएफकी बिन्द्रा धन्के श्रेष्ठले १७ मिनेट ०३ दशमलब ७५ सेकेन्डमा दुरी पार गर्दै कास्य हात पारिन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.