6 years ago
April 20, 2019
दाङ (हाम्रो खेलकुद) – शीर्ष वरीयताको त्रिभुवन आर्मी क्लबका रत्नजित तामङ्खको एक छत्र राज लाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् ।
आठौं अन्तर्गत भएको ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी नयाँ च्याम्पियन बन्दै नयाँ ईतिहास रचेका हुन् ।
दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गरे । विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपिएफका दीपेश धामीसँग फाइनलमा निरिह नै देखिए ।
२०६९ सालमा काठमाडौमा भएको ३६औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नंम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै नम्बर एक भएका रत्नले त्यस पश्चात ब्याडमिन्टनमा एकछत्र राज गरेका थिए ।
तर बेला बेला उनलाई दिपेश धामी र प्रिन्स दाहालले चुनौती दिंदै आएका थिए । यसै प्रतियोगिता अन्तरगत पनि पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाईनलमा प्रिन्सले हराएर सनसनी मच्चाएका थिए ।
दिपेशले यस अघि रत्नजितलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए ।
आजै महिला एकल, पुरुष डबल्स्, महिला डबल्स् र मिक्स डबल्स्को फाइनल प्रतिस्पर्धा हुदैछ ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]