6 years ago
April 19, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भारोत्तोलनमा पहिलो दिन नै ११ नयाँ कीर्तिमान बनेका छन् ।
नेपालगन्जको नगरभवनमा जारी भारत्तोलन प्रतियोगिताको पहिलो दिन महिलातर्फ ६ वटा र पुरुष तर्फ ५ वटासहित कुल ११ नयाँ राष्ट्रिय कीर्तिमान बनेको हो ।
४५ केजीमा आर्मीकी रीता गुरुले स्न्याचमा ४५ केजी, क्लिन एण्ड जर्क ५० र कुल तौलमा ९५ किलो उठाउदै स्वर्ण पदकसहित तीन नयाँ कीर्तिमा बनाइन् । सोही तौल समुहमा प्रदेश ५ की हिरामोती चौधरीले रजत र प्रदेश २ की कमला सदाले कास्य पदक जितिन ।
महिला ४९ केजीमा पुलिसकी संगिता राईले स्न्याचमा ५८ केजी, क्लिन एण्ड जर्कमा ७५ किलो गरी कुल १३३ केजी भार बहन गर्दै स्वर्ण पदक जितिन् । उनले पनि स्न्याच, क्लिन एण्ड जर्क र कुल तौलमा ३ वटा राष्ट्रिय कीर्तिमान बनाइन् । प्रदेश १ की करिना चौधरी रजत तथा प्रदेश ५ की पवित्रा थापामगरले कास्यमा चिक्त बुझाईन ।
पुरुष तर्फको ५५ केजीमा आर्मीका तुलाराम महतोले स्न्याचमा ८० केजी, क्लिन एण्ड जर्कमा ९५ र कुल तौलमा १७५ किलो उचाल्दै स्न्याच र कुलमा २ वटा राष्ट्रिय कीर्तिमान बनाए । पुलिसका रजत तथा सुदुर पश्चिम प्रदेशका रबीलाल चौधरीले काश्यपदक जिते ।
पुरुष ६१ केजीमा सेनाका राजु चौधरीले स्न्याच ९० केजीे, क्लिन एण्ड जर्क ११० र कुल तौलमा २०० किलो तौल उचल्दै स्न्याच र कुलमा २ वटा राष्ट्रिय कीर्तिमान बनाउदै स्वर्ण जिते ।
पुलिसका मोती लामाले स्न्याचमा ९२ केजी, क्लिन एण्ड जर्कमा १०५ किलो र कुल तौलमा १९७ किलो उचाल्दै स्न्याचमा राष्ट्रिय कृतिमान सहित रजत पदक जिते । आर्मीका सन्तोष थपलियाले कास्य हात पारे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।