6 years ago
April 19, 2019
दाङ (हाम्रो खेलकुद) – आठौं अन्र्तगत ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको फाइनलमा परम्परागत प्रतिद्धन्द्धी विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र अर्काे विभागीय टोली एपीएफका दिपेश धामीबीच प्रतिस्पर्धा हुने भएको छ ।
घोराही कभर्डहलमा शुक्रबार भएको पुरुष एकलमा आर्मीका रत्नले प्रदेश ७ का युवा स्टार प्रिन्स दाहाललाई तथा एपीएफका दिपेश धामीले प्रदेश १ का विकास श्रेष्ठलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरे ।
नेपाल नम्वर एक समेत रहेका रत्नजितले प्रिन्समाथि २१–११ र २१–९ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरे । पुरुष टिम इभेन्टस्मा प्रिन्ससँग पराजित सातौको च्याम्पियनसमेत रहेका रत्नले उक्त गल्तीलाई पुरुष एकलको फाइनलमा दोहो¥याएनन् ।
पुरुष एकलको अर्काे खेलमा नेपाल नम्वर २ दिपेशले प्रदेश १ का बिकास श्रेष्ठलाई २१–११ र २१–१५ को सोझो सेटमा पराजित गर्दै फाइनलमा रत्नजितसँग भेट पक्का गरे । फाइनल शनिबार हुनेछ ।
यस्तै महिला एकलको फाइनलमा आर्मीका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
शीर्ष वरीयताका आर्मीकी नङ्सलदेवी तामाङले प्रदेश १ की सीता राईलाई २१–१७ र २१–९ ले तथा आर्मीकी रसिला महर्जनले आफ्नै क्लबकी अनुमाया राईलाई २१–१७ र २१–१८ ले पराजित गर्दै फाइनलमा स्थान बनाइन् ।
आठौंको पुरुष डबल्समा आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको सजोडीले आर्मीकै पविन लिङथेप र रुकेश महर्जनको जोडीलाई २१–११ र २१–१९ ले पराजित गर्दै फाइनल प्रवेश गरे । एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीले आर्मीका सुरज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१–१३ र २१–१२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे ।
महिला डबल्स्मा एपीएफकी पुजा श्रेष्ठ र जेसिका गुरुङको जोडी तथा आर्मीकी नङ्सलदेवी तामाङ र अनुमाया राईको जोडी फाइनलमा प्रवेश गरे । एपीएफकी पुजा र जेसिकाको जोडीले आर्मीकी अमिता गिरी र रसिला महर्जनको जोडीलाई २१–१६ र २१–१८ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे ।
अर्काे सेमिफाइनलमा नङ्सल र अनुको जोडीले प्रदेश १ की सीमा राजवंशी र सीता राईको जोडीलाई २१–१२ र २१–८ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
मिक्स डबल्स्मा एपीएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडी तथा जेसिका गुरुङ र गौतम कठायतको जोडी फाइनलमा प्रवेश गरे ।
पुजा र दिपेशको जोडीले आर्मीका अमिता गिरी र नवीन श्रेष्ठको जोडीलाई १६–२१, २१–९ र २१–११ ले पराजित गरे ।
अर्काे खेलमा जेसिका र गौतमको जोडीले आर्मीका रत्नजित तामाङ र अनुमाया राईको जोडीलाई १०–२२, २१–१९ र २१–११ ले पराजित गर्दै फाइनलमा स्थान बनाए ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]