6 years ago
April 18, 2019
दाङ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका तामाङ दिदीभाई नङ्सलदेवी तामाङ र रत्नजित तामाङ आठौं अन्र्तगतको ब्याडमिन्टनको महिला एकल र पुरुष एकलको सेमिाफाइनलमा प्रवेश गरेकी छन् ।
घोराही कभर्डहलमा बिहीबार भएको क्वाटरफाइनलमा आर्मीकी नङ्सलले आफ्नै क्लबकी रन्जना भट्टलाई २१–१८ र २१–१२ ले पन्छाउदै अन्तिमा चारको यात्रा तय गर्दा प्रदेश १ की सीताले नेपाल एपीएफ क्लबकी शोभा गौचनलाई २–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा नङ्सलसँगको भेट पक्का गरिन् ।
शोभा पाकिस्तान अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा स्वर्ण तथा नेपाल अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा रजतपदक हात खेलाडी हुन् । ११औं वरीयताकी सीताले शोभालाई २१–१७ र २१– १५ ले पाखा लगाइन् ।
अर्को खेलमा सेनाकी अनुमाया राईले उदियमान खेलाडीको रुपमा रहेकी एपिएफकी जेसिका गुरुङलाई २१–१६ र २१–९ ले पाखा लगाउँदै सेनाकै रशिला महर्जनसँगको भेट पक्का गरिन् । आर्मीकी रशिलाले प्रदेश १ की सीमा राजवंशीलाई २१–१४, २१–११ ले पराजित गरिन् ।
पुरुष एकलतर्फ नेपाल नम्वर तथा आर्मीका रत्नजित तामाङ आफ्नो उपाधी रक्षातर्फ अग्रसर भएका छन् । उपाधिका नजिक पुग्ने क्रममा उनले नेपाल पुलिसका जीवन आचार्यलाई २१–१० र २१–११ ले पराजित गरे । अव रत्नले फाइनल प्रवेशका लागि प्रदेश ७ का प्रिन्स दाहालसँग प्रतिस्पर्धा गर्ने छन् । प्रिन्सले पुरुष टिम प्रतिस्पर्धाको पुरुष एकल तर्फ रत्नलाई पराजित गरेका थिए । प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २१–१० र २१–१० ले पन्छाउँदै रत्नसँगको भेट पक्का गरेका हुन् ।
यस्तै पूर्व नेपाल वान बिकास श्रेष्ठले सेनाका नविन श्रेष्ठलाई २१–१५, १५–२१ र २१–१६ ले पन्छाउँदै अन्तिम ४ को यात्रा तय गरे । अव फाइनल प्रवेशका लागि विकासले सुदूरपश्चिमका दिपेश धामीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । दिपेशले पुलिसका दीपक बोहरालाई २१–१७ र २१–१५ ले पन्छाउदै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् ।
दाङ्ख घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला युगलतर्फ सेनाका नङ्सलदेवी तामाङ र अनुमाया राईको जोडी तथा अमिता गिरी र रशिला महर्जनको जोडी पनि सेमिमा प्रवेश गरेका छन् ।
तामाङ र राईको जोडीले कर्णाली प्रदेशका पुष्पा शाही र सामना भट्टराईको जोडीलाई २१–१० र २१–१० को सोझो सेटमा पराजित गरे । यस्तै गिरी र महर्जनको जोडीले प्रदेश ३ का तारा आले र मनिषा खड्काको जोडीबाट वाक ओभर पाए ।
प्रदेश १ का सीता राई र सीमा राजवंशीको जोडीले प्रदेश ३ का महिमा श्रेष्ठ र सफी खत्रीको जोडीलाई २१–५ र २१–३ ले तथा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङको जोडीले सेनाका लोक्तमा राई र रञ्जना भट्टको जोडीलाई २१–१२ र २१–१२ ले पाखा लगाए ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]