6 years ago
April 17, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा प्रदेश ४ का रुपक नेपाली र आर्मीकी मञ्जु विकले स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मञ्जु च्याम्पियन बनेका हुन् ।
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको फाइनलमा रुपकले प्रदेश १ का विनोद निरौलाबाट वाक ओभर पाए । अघिल्लो खेलमा विनोद घाइते भएकाले वाक ओभर दिएका हुन् । मन्जुले फाइनलमा प्रदेश १ की सुजाता राईलाई हराइन् ।
पुरुष ६५ केजीमा प्रदेश ४ का गोविन्द रोकाले प्रदेश ५ का प्रकाश खड्का, ६० केजीमा प्रदेश ३ का सन्तोषकुमार लामाले प्रदेश २ का विश्व लामा, ५५ केजीमा आर्मीका चोपबहादुर बुढाथोकीले प्रदेश ४ का जीवन गुरुङ, ५० केजीमा प्रदेश ५ का रोमन सिन्जालीले एपीएफका सञ्जय राई र ४५ केजीमा आर्मीका धर्मेन्द्र रामले प्रदेश २ का विशाल कुश्वारलाई फाइनलमा पाखा लगाउदै स्वर्ण जिते ।
महिला ५५ केजीमा आर्मीकी अनुपमा नेपालीले प्रदेश ४ की प्रिज्मा कुँवर, ५० केजीमा प्रदेश ४ की युनिका शेरचनले आर्मीकी शान्ति थापा मगर र एपीएफकी दीपा शाहीले प्रदेश ४ की सर्गम कुमाललाई पन्छ्याउदै पहिलो स्थान हात पारे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा पुरुषमा ६ र महिलामा ४ गरी १० स्पर्धा समावेश थिए । ५४ पुरुष र ३६ महिला खेलाडी सहभागी थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।