default_image

6 years ago

April 17, 2019

बुद्धिचाल : पुरुषोत्तम पहिलो

192 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको खुलामा प्रहरीका पुरुषोत्तम चौलागाईं पहिलो भएका छन् ।

प्रहरीका मनीष हमाल दोश्रो तथा आर्मीका सचिन महर्जन तेश्रो भए । नौ चरणको खेलमा तीनै खेलाडीले समान ७–७ अंक जोडेपनि हेड टु हेडका आधारमा शीर्ष तीन स्थान छुट्टाइएको हो । मनीषले पुरुषोत्तम र सचिन दुवैसंग बराबरी खेलेका थिए भने सचिन पुरुषोत्तमसंग पराजित भएका थिए ।

बर्दियाको ठाकुरद्वारामा भएको प्रतियोगिताको महिलामा आर्मीकी सिन्दिरा जोशी दोश्रो तथा प्रदेश १ की कृपा अधिकारी तेश्रो भए । नवौं चरणको खेलमा सिन्दिराले ७ तथा कृपाले ६.५ अंक जोडे ।

आर्मीकी सुजना लोहनीले यसअघि मंगलबार नै एक खेल अगावै स्वर्ण पक्का गरिसकेकी थिइन् । बुधबार नवौं चरणमा पनि जित हात पार्दै सुजनाले शत प्रतिशत जित निकालिन् । ९ अंक जोड्ने क्रममा सुजनाले अन्तिम खेलमा गण्डकीकी पूजा भण्डारीलाई पन्छाइन् ।

चैत २९ देखि सुरु प्रतियोगितामा ५२ पुरुष र २६ महिला खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.