default_image

6 years ago

April 17, 2019

गल्फमा टंक र प्रतिभालाई स्वर्ण

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय गोल्फमा टंकबहादुर कार्की र प्रतिभा राईले स्वर्ण जितेका छन् । व्यक्तिगत स्पर्धाको पुरुषमा टंक र महिलामा प्रतिभा पहिलो भएका हुन् ।

गोकर्ण गोल्फ क्लबमा भएको प्रतियोगिताको पुरुषमा शुक्रबहादुर राई दोश्रो तथा निरज तामाङ तेश्रो भए । महिलामा कश्मिरा शाहले रजत तथा तारा कार्कीले कांस्य जिते । शीर्ष तीन स्थान हात पार्ने पुरुष खेलाडी प्रदेश १ तथा महिला खेलाडी प्रदेश ३ का हुन् ।

पुरुष टिममा प्रदेश १ (शुक्र, बविन्द्र राई, निरज) पहिलो, आर्मी (निश्चयजंग रायमाझी, सुवास तामाङ, राहुल विक) दोश्रो तथा गण्डकी प्रदेश (मदन गुरुङ, लक्ष्मीप्रसाद गुरुङ, महेन्द्र थगामी) तेश्रो भए ।

तीनदिने प्रतियोगितामा ६ महिलासहित ३४ खेलाडी सहभागी थिए । तीन स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

January 14, 2025

बिबिसीलाई भेट्रान फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]

January 14, 2025

सरस्वती र प्रतिभा एभरेस्ट ग्लोबलको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.