6 years ago
April 17, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हक्कीमा नेपाल आर्मी बुधबार च्याम्पियन बनेको छ ।
नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको फाइनलमा आर्मीले हक्कीमा पहिलो पटक टिम सहभागी गराएको प्रहरीलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित ग¥यो ।
पेनाल्टीमा आर्मीबाट नरेन्द्र अधिकारी, प्रदीप राजवंशी, अमितकुमार श्रीवास्तव र दीपेन्द्र ऐरले गोल गरे । प्रहरीका केशवराज जोशीले मात्र गोल गर्न सफल भए । त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । ११ औं मिनेटमा प्रदीप राजवंशीले आर्मीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा रोमन रानाले बराबरी गोल फर्काए । रोमनले प्रतियोगिताभर १५ गोल गरे ।
प्रदेश ५ ले प्रदेश ७ लाई ३–० गोलले हराउदै तेश्रो भयो । मनीष गुरुङ, शशि दर्लामी र रविकान्त कुमारले गोल गरे । प्रतियोगितामा ९ टिम सहभागी थिए ।
महिलामा प्रदेश ७ र गण्डकी प्रदेशबीच उपाधि भिडन्त हुने भएको छ । प्रदेश ७ ले प्रदेश २ लाई ५–१ गोलले पाखा लगायो । विजेताका अन्जु गुरुङ र अनिता श्रेष्ठले २–२ तथा दमरा भट्टले १ गोल गरे । प्रदेश २ बाट मधुकुमारीले सान्त्वना गोल फर्काइन् ।
अर्को सेमिफाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले हरायो । देविका विकले निर्णायक गोल गरिन् । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।