default_image

6 years ago

April 17, 2019

विश्वकपको लागि इंग्ल्यान्डको टोली घोषणा

99 views

0 Bookmark

लन्डन (एजेन्सी)– इग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकप क्रिकेटका लागि इंग्ल्यान्डले १५ सदस्यीय क्रिकेट टोलीको बुधबार घोषणा गरेको छ ।

घोषणा गरेको टोलीमा युवा खेलाडी जोफ्रा आर्चर र साम कुरनले स्थान बनाउन सकेनन । आईसीसी वान डे वरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्यान्डलाई यस पटक उपाधिको दाबेदार टोली मानिएको छ ।

विश्व कप मे ३० देखि जुलाई १४ सम्म आयोजना हुनेछ । इंग्ल्यान्डले मे ३० मा दक्षिण अफ्रिकासँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।

विश्वकप खेल्ने इंग्ल्यान्डको १५ सदस्य टोली :

१.इओन मोर्गन (कप्तान)

२.मोईन अली

३.जोनी बयरस्ट्रो

४.जस बटलर

५.टम करन

६.जो डेनली

७.एलेक्स हेल्स

८.लियाम प्लन्केट

९.आदिल रासिद

१०.जो रुट

११.जोसन रोए

१२.बेन स्ट्रोक्स

१३.डेविड विल्ली

१४.क्रिस वोक्स

१५.मार्क वुड

January 17, 2025

एन्फा यु १६ लिग – चर्च ब्वाइज र एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।

January 16, 2025

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]

January 14, 2025

बिबिसीलाई भेट्रान फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]

Success

Thank you for your time.