default_image

6 years ago

April 17, 2019

ब्याडमिन्टन खेलाडी ईरफानलाई पितृशोक

195 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – ब्याडमिन्टन खेलाडी ईरफान अन्सारीलाई पितृशोक परेको छ । अन्सारीका पिता नेपालगंज रामबाग निवासी मोहम्मद अहमद अन्सारीको गए राती निधन भएको हो ।

पूर्व ब्याडमिन्टन खेलाडी समेत रहेका स्व. अन्सारीको निधनमा खेलअघि मौन धारण गर्दै अफिसियल । तस्वीर दामोदर अर्याल/राखेप

प्रदेश ५ मा आयोजित आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङ घोराहीमा भईरहेको ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पाँच नम्बर प्रदेशबाट सहभागिता जनाईरहेका थिए ।

पिताको निधनको खवरले दुखित खेलाडी ईरफान आफ्नो खेल स्थगित गर्दै नेपालगंज फर्केका छन् । ७० बर्षका स्व. अन्सारी लामो समय देखि दम रोगले ग्रस्त रहेको पाँच नम्बर प्रदेशका प्रशिक्षक एवं अन्सारीका बारेमा जानकार जयन्त श्रेष्ठले बताए ।

पूर्व ब्याडमिन्टन खेलाडी समेत रहेका स्व. अन्सारीको निधनमा नेपाल ब्याडमिन्टन संघले शोक ब्यक्त गर्दै मृत आत्माको चिर शान्तिका साथै शोक सन्तप्त खेलाडी तथा परिवारमा धैर्य धारण गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गरेको छ ।

खेलाडी तथा अफिसियलहरुले आजको खेल सुरु हुनु पूर्व १ मिनट मौन धारणका साथ ब्याडमिन्टन क्षेत्रमा डाक्टरको उपनामले परिचित स्व. अन्सारीको आत्माको चिर शान्तिको कामना गर्दै शोक ब्यक्त गरेका थिए ।

पूर्व हेल्थ असिष्टेण्ट स्व. अन्सारीका ३ छोरा र २ छोरी रहेको प्रशिक्षक जयन्त श्रेष्ठले जानकारी गराए ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.