default_image

6 years ago

April 15, 2019

अन्तर्राष्ट्रिय गोजुरियो प्रतियोगिता जेठमा दोस्रो साता

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा आगामी जेठ दोस्रो साता क्षेत्रीय रंगशाला धनगढीमा नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता हुने भएको छ ।

जेठ ९ देखि ११ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका झण्डै १ हजार खेलाडीहरुले सहभागिता जनाउँने आयोजक राष्ट्रिय गोजुरियो कराँते डो संघले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गरायो ।

प्रतियोगितामा काता, कुमुते र टिम कुमिते गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता संयोजक तथा संघका केन्द्रीय महासचिव प्रकाश चन्दका अनुसार तीनवटै स्पर्धामा ४० स्वर्ण, ४० रजत र ८० कास्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको कुल ४१ लाख ९१ हजार रुपैया रहेको छ ।

खुल्ला प्रतियोगिता भएकाले नेपालबाट सातवटै प्रदेश, स्कुल, कलेज, डोजो तथा विभागीय खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउँने संघले जनाएको छ ।

कार्यक्रममा नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले सा–सानो सहयोगले प्रतियोगिता सफल हुने भन्दै व्यक्तिगत रुपमा आ–आफ्नो तर्फबाट मेडल तथा अवार्डका लागि भन्दै १५ हजार नगद सहयोग गरेका थिए ।

प्रतियोगितालाई अघिल्लो संस्करण झै यस संस्करणमा पनि राष्ट्रवादी विकासशील अभियान नेपाल रहेको छ। अभियान र संघकाबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर समेत भयो ।

सम्झौता पत्रमा विकासशील अभियानका अध्यक्ष कमलबहादुर श्रेष्ठ र संघका केन्द्रीय अध्यक्ष गणेश कार्कीले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार विकासशीलले नगद ८ लाखसहित प्रतियोगितालाई अन्य भौतिक सहयोग प्रदान गर्नेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.