6 years ago
April 15, 2019
बार्दिया (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बुद्धिचालको महिलातर्फ छैटौं चरणको समाप्तीमा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले अग्रता लिएकी छिन् । सुजना ६ अंकका साथ शीर्षस्थानमा छिन् ।
प्रदेश १ की कृपा अधिकारी र आर्मीकी सिन्दिरा जोशीले समान ५ अंकका साथ संयुक्त रुपमा दोस्रो स्थानमा छन् । पुरुषतर्फ ६ चरणको खेल समाप्तिसम्म नेपाल प्रहरीका पुरुषोत्तम चौलागाईं तथा एपीएफका क्षितिज भण्डारी समान ५् अंकका साथ शीर्षस्थानमा छन् ।
प्रहरीकात्रय मदनकृष्ण कायश्थ, मनीष हमाल र सूरवीर लामा तथा आर्मीका भूपेन्द्र निरौलाले शीर्षस्थानका खेलाडीलाई पछ्याईरहेका छन् । ४ खेलाडीको समान ४.५ अंक छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।