6 years ago
April 15, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्र्तगत बक्सिङमा सोमबार त्रिभुवन आर्मी क्लबले ४ स्वर्ण पदक जितेको छ ।
२८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताका रुपमा रहेको प्रतियोगितामा सोमबार पुरुषमा आर्मीका सुशील थापा र आशिष दुवाडी तथा महिलामा आर्मीकै विमला श्रेष्ठ र पुनम रावलले स्वर्ण पदक जितेका थिए ।
खजुरास्थित ज्ञानोदय माविको प्राङ्गणमा भएको खेलमा पुरुष ४९ केजीको फाइनलमा सुशीलले एपीएफका प्रदीप महर्जनलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण जितेका हुन् । ९१ केजीभन्दा माथिको तौल समूहको उपाधि भिडन्तमा प्रदेश ३ का सनी जुवाले पहिलो राउण्डमा खेल परित्याग गरेपछि आशिषले स्वर्ण पदक प्राप्त गरे ।
त्यसैगरी महिला ५१ केजीको फाइनलमा आर्मीकी विमला श्रेष्ठले एपीएफकी माला राईलाई स्प्लिट निर्णयको आधारमा पराजित गर्दै स्वर्ण हात पारिन् । पुनमले पनि एपीएफकी विनिता थापा मगरलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण चुमिन् ।
आजै पुरुष ५२ केजीको सेमीफाइनलमा सफलता हात पार्दै एपीएपÞmका विक्रम परियार र आर्मीका तेज बहादुर देउबाले फाइनलमा भेट पक्का गरेका छन् । पुरुष ५६ केजी तौल समूहको फाइनलमा भने एपीएफका पूरन राई र प्रदेश १ का सुरेन्द्र राईले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुष ६० केजी तौल समूहमा एपीएफका प्रकाश लिम्बु इजम र आर्मीका एक बहादुर घले फाइनलमा प्रवेश गरेका छन् ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]