6 years ago
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौ राष्ट्रिय खेलकुद अन्तरगत बाँकेको ज्ञानोदय मावि खजुरामा महिला र पुरुष बक्सिङ प्रतियोगिता शुरु भएको छ । शनिबार सम्म महिलाको १ र पुरुषको ८ वटा गरी ९ खेल सम्पन्न भएका छन् ।
लाईट फ्लाई ४९ तौल समुहमा कर्णाली प्रदेशकी अनु नेपालीले प्रदेश ५ की रीता धरालालाई ५–० ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरिन् ।
यसैगरी पुरुषतर्फ लाईट फ्लाई ४९ तौल समुहमा प्रदेश ३ का मदनकृष्ण डंगोलले वाकओभर पाए । लाईट फ्लाई ४९ तौल समुहमै प्रदेश ७ का भानु विष्टले ४–१ को अन्तरले प्रदेश १ का विशाल राईलाइ पराजित गरे ।
फ्लाई ५२ केजि समुहमा गण्डकी प्रदेशका अमिर गुरुङले कर्णाली प्रदेशका जीवनकुमार पुनलाई नकआउट गरे । सोही तौल समुहका प्रदेश ३ का बुद्ध ग्याल्मो लामाले सुदुरपश्चिम प्रदेशका उत्तम चन्दलाई ५–० ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरे ।
५६ केजी तौलसमुहमा प्रदेश ५ का नविन घर्तिले प्रदेश ५ का सुजन पौडेललाई ५–० ले र नेपाल आर्मीका पुरन सुनुवारले गण्डकी प्रदेशका जिनेश गुरुङलाई ५–० ले पाखा लगाउदै गर्दै क्वाटरफाईनलमा प्रवेश गरे ।
६० केजी लाईटमा एपिएफका प्रकाश लिम्बु इजमले कर्णाली प्रदेशका सागर श्रेष्ठलाई नकआउट गरे । ६४ केजी लाईटमा गण्डकी प्रदेशका सुजन चोचाङ मगरले वाकओभर पाए ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]