6 years ago
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं अन्तर्गत हक्कीमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले महिला र पुरुषमा सफलता हात पारेको छ ।
नेपालगन्जको मंगलप्रसाद माविको खेलमैदनमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्कीमा आर्मीले प्रदेश ३ लाई ८–० गोल अन्तरले पराजित गरेको छ ।
आर्मीको जितमा दीपेन्दै ऐरले ह्याट्रिकसहति ४ गोल गरे । प्रदीप राजवंशी, रोशन चौधरी, रन्जित रावत र देवसिंह धामीले समान १ गोल गरे ।
प्रदेश ५ ले सुदूरपश्चिम प्रदेशलाई २–१ ले हरायो । कर्णाली प्रदेश र प्रदेश १ वीचको खेल खेले । यससँगै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।
खजुरा गाउपालिका–२ को शुक्र माविको खेल मैदानमा भएको महिलातर्फ आर्मीले प्रदेश नं. ३ लाई ९–० ले पाखा लगायो ।
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर […]
November 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विराटनगर किङ्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो । विराटनगरले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ […]