6 years ago
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापामगर आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा स्वर्ण जितेका छन् ।
ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएकाे फाइनलमा अमृतले र प्रदेश ३ का प्रविनविर कंसकारलाई ३–१ को सोझो सेटमा पराजित च्याम्पियन बनेका हुन् ।
अमृतले पहिलाे सेट ११-५ ले सहजै जितेकाे थियाे । दाेस्राे सेट अमृतले ३-११ ले गुमाएकाे थियाे । तर, त्यसपछिकाे अमृतले ११-७ र ११-४ ले सहजै आफ्नाे पक्षमा बनाउन सफलल भयाे । २२ वर्षीय अमृत साताैकाे पनि च्याम्पियन हाे । राखेप च्याम्पयनसिपमा अरहान्त केशर सिंहसँग पराजित अमृत त्यसअघि लुम्बिनी च्याम्पयनसिपमा च्याम्पियन बनेका थिए ।
प्रतियाेगितामा आज अन्य खेलहरु हुने नेपाल स्क्वास संघले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]